विश्व दिनभर पाँच तस्बिरमा : बलात्कारमा सत्ताको खेलदेखि कमलाको राष्ट्रपति दौडसम्म

विश्व दिनभर पाँच तस्बिरमा : बलात्कारमा सत्ताको खेलदेखि कमलाको राष्ट्रपति दौडसम्म
सामान्य हुँदै ढाका : शनिवार ढाकाको सडकको दृश्य। राजनीतिक उतारचढावपछि अन्तरिम सरकार गठन भएपछि बङ्गलादेशको जनजीवन सामान्य बन्दै गएको छ।

एजेन्सी : अस्पतालमा चिकित्सकको बलात्कार गरेर हत्या भएको घटनाले भारतको कोलकाताका चिकित्सकहरू अहिले न्यायको लडाइमा छन्।

उता भारतीय जनता पार्टी यति गम्भीर घटनालाई पनि राजनीतिसँग जोडेर सत्ताको खेल खेलिरहेको छ। उता अमेरिकामा कमला ह्यारिसले राष्ट्रपति निर्वाचनको प्रचारलाई तीव्रता दिएकी छिन्। प्रधानमन्त्री भागेपछि शान्त बन्दै गएको बङ्गलादेशको जनजीवन सामान्य लयमा फर्कने प्रयासमा देखियो। यस्तै विश्वभरका पाँच घटनाको पाँच तस्बिर।

अगाडि बढ्दै कमला :  डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले चुनावी प्रचारमा तीव्रता दिएकी छिन्। चुनाव प्रचारकोक्रममा उनी शुक्रवार जोइन्ट बेस एन्ड्रयूजमा एयर फोर्स दुईमा आइपुगेकी थिइन्।

बलात्कारमा सत्ताको खेल : गत हप्ता सरकारी अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा प्रदर्शनमा सहभागीहुँदै भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का समर्थक।

स्वतन्त्रताको महत्त्व : इन्डोनेसियाको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा बालीको रिसोर्ट टापुको जिम्बरानको गरुडा विस्नु केन्काना सांस्कृतिक पार्कमा परम्परागत नृत्य प्रस्तुत गर्दै कलाकार।

सामान्य हुँदै ढाका : शनिवार ढाकाको सडकको दृश्य। राजनीतिक उतारचढावपछि अन्तरिम सरकार गठन भएपछि बङ्गलादेशको जनजीवन सामान्य बन्दै गएको छ।

कलाकारको कला : दुई कलाकार जर्मनीको हैम्बर्गमा एमएस डॉकविले सङ्गीत तथा कला महोत्सवमा कला प्रदर्शन गर्दै।

साउन ३२, २०८१ शनिबार २२:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।