इजरायली हमलाबाट गाजामा एकै परिवारका १५ जनाको मृत्यु

इजरायली हमलाबाट गाजामा एकै परिवारका १५ जनाको मृत्यु
फाइल

एजेन्सी : शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको छ। 

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको गाजाको नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बस्सलले बताए। तर, इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन। 

'अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ', बस्सलले भने। 

उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा तीन वटा रकेटहरू सिधै घरमा खसेको थियो। भित्र बालबालिका र महिलाहरू थिए। त्यसैमा परी उनीहरूको मृत्यु भएको बताइएको छ। 

इजरायल र हमासबीच १०  महिना भन्दा बढी चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ। 

साउन ३२, २०८१ शनिबार २१:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।