उद्योग महासंघले भन्यो- आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक

उद्योग महासंघले भन्यो- आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गर्नु सकारात्मक रहेको बताएका छन्।

महासंघले आर्थिक सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेको थियो। त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले आफ्नो सय दिनको कार्ययोजनामा आयोग गठन गरे। 

अर्थतन्त्र सम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो।

महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा ढकालले सरकारलाई धन्यवाद दिए।

अर्थमन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलसहित मन्त्रालयलाई महासंघको तर्फबाट धन्यवाद दिए।  

भदौ १, २०८१ शनिबार २१:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।