क्यानडा पढ्न आउने नेपाली विद्यार्थीलाई दूतावासको सुझाव  : अतिरञ्जित प्रचारप्रसारको भरमा नआउनु

क्यानडा पढ्न आउने नेपाली विद्यार्थीलाई दूतावासको सुझाव  : अतिरञ्जित प्रचारप्रसारको भरमा नआउनु

काठमाडौँ: क्यानडास्थित नेपाली राजदूतावासले क्यानडामा अध्ययन गर्न आउँदा अतिरञ्जित प्रचारको भरमा नआउन आग्रह गरेका छन्।

नेपाली दूतावासले निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुआत हुन लागेकाले पहिल्यै सचेत हुन नेपाली विद्यार्थीलाई सुझाव सार्वजनिक गरेको हो।

दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहरबारे पर्याप्त खोजीगरी बुझेर आउन आग्रह गरेको छ।

दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन समेत आग्रह गरेको छ।    

अध्ययनका लागि क्यानडा आउनु अघि क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, पूर्व विद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैर आवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्त बुझेर आउन दूतावासले आग्रह गरेको छ।

भदौ १, २०८१ शनिबार २०:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।