परराष्ट्रमन्त्री आरजु भारत भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री आरजु भारत भ्रमणमा जाँदै

काठमाडौँ : पराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आइतबार भारत भ्रमणमा जाने भएकी छिन्। उनी मन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेकी हुन्।

उनी भदौ २ देखि भारतको औपचारिक भ्रमणमा जान लागेकी हुन्। उनी भदौ ६ मा स्वदेश फर्कने कार्य तालिका छ।

उनका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा राणा चार दिने भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धनबारे छलफल गर्ने बताइएको छ।

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

साउन ३२, २०८१ शनिबार २०:१५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।