ओली र देउवाबीच एक्लाएक्लै छलफलमा के भयो कुराकानी !

ओली र देउवाबीच एक्लाएक्लै छलफलमा के भयो कुराकानी !
फाइल फोटो

काठमाडौँ : सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दुवै नेताबीच लामो समयपछि शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। कांग्रेस र एमालेबीच सत्ता गठनका लागि सहकार्य गर्ने सहमति भएर सरकार गठन भएदेखि दुवै नेताबीच एक्लाएक्लै छलफल भएको थिएन।

दुवै दलबीचको सहमतिमा दुई वर्ष एमाले र त्यसपछि देउवाले चुनावी सरकारको गठन गर्ने सहमति भएको थियो। सहमति अनुसार मन्त्रिपरिषद् गठन भएर सरकारले काम गरिरहेको बेलामा दुवै नेताबीच भेट भएको हो।

दुवै दलका नेताहरुबीचको भेटमा सरकार सञ्चालन तथा भावी योजनाबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

साउन ३२, २०८१ शनिबार १९:०७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।