महिला डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा देशव्यापी हडतालमा उत्रिए भारतीय चिकित्सक

महिला डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा देशव्यापी हडतालमा उत्रिए भारतीय चिकित्सक

काठमाडौं : सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले राष्ट्रव्यापी विरोध र हडताल गरेका छन्।
 
पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीय डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरू भएको छ। 

स्वास्थ्यकर्मीहरूले हड्तालको नेतृत्व गरेका छन् भने दोषीलाई कारबाहीको माग गर्दै दशौं हजार सर्वसाधारण पनि हडतालमा सहभागी छन्।

प्रदर्शनकारीहरू 'निको हुने हातबाट रगत बग्न हुँदैन', 'इनफ इज इनफ', 'बलात्कारीलाई फाँसी दे' आदि लेखिएको प्लेकार्डसहित विरोधमा उत्रिएका छन्।

मृतक चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा फेला परेको थियो। शव परीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का गरेका छन्।

कोलकाताको प्रहरीले उक्त मुद्दालाई गलत तरिकाले लिएको आरोप लगाई उच्च अदालतले 'जनताको विश्वास जगाउन' अनुसन्धानलाई भारतको शीर्ष केन्द्रीय अनुसन्धान ब्यूरोलाई हस्तान्तरण गरेको छ। 
 
धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन्। सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन्। 

हड्तालमा संलग्न चिकित्सकहरूले स्वास्थ्य सेवाकर्मीलाई हिंसाबाट जोगाउन केन्द्रीय सुरक्षा ऐन लागु गर्न माग गरिरहेका छन्। 

सम्बन्धित समाचार :

साउन ३२, २०८१ शनिबार १९:०६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।