विद्यालयमा राजनीति रोक्न काठमाडौं महानगरको निर्देशन : ‘अनधिकृत व्यक्तिलाई विद्यालयमा प्रवेश नदिनू’

विद्यालयमा राजनीति रोक्न काठमाडौं महानगरको निर्देशन : ‘अनधिकृत व्यक्तिलाई विद्यालयमा प्रवेश नदिनू’

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ। 

विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो।

‘केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको जानकारी हुन आएकाले अनधिकृत व्यक्ति वा समूहहरूलाई विद्यालय परिसरभित्र प्रवेश नदिन र स्वच्छ वातावरणमा अध्ययन अध्यापन कार्य सुचारु गर्न सम्बन्धित सबैमा अनुरोध छु’ महानगरले एक सूचनामार्फत भनेको छ।

यदि अनधिकृत व्यक्ति तथा समूहले बलपूर्वक प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरपालिकाको सहजीकरण आवश्यक देखिए महानगर प्रहरी बललाई सम्पर्क गर्न समेत महानगरले आग्रह गरेको छ। 

साउन ३२, २०८१ शनिबार १५:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।