दलित अभियन्ताहरूले सडकमै सुतेर गरे प्रदर्शन

दलित अभियन्ताहरूले सडकमै सुतेर गरे प्रदर्शन

काठमाडौं : दलितका लागि दलित अभियानले काठमाडौंको माइतीघरमण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ। सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन्। 

प्रदर्शन दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाहरूले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन्। 

अभियानका संयोजक सुनारले भने, ‘संविधानलाई संशोधन गर्ने कुरा राम्रो हो। तर, जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन। दलितहरूका अधिकार कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ?’

उनले दलितहरूको अधिकार एमाले र कांग्रेसले काटेको आरोप लगाए। नयाँ आएका दलहरूले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको उनको भनाइ छ। 

संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ। 

अभियानका संयोजक सुनारले एमाले र कांग्रेसले दलितहरुलाई जातीय विभेद गरेको आरोप समेत लगाए। 

सम्बन्धित समाचार :

 

साउन ३२, २०८१ शनिबार १६:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।