'१८ घण्टासम्मको लोडसेडिङ हुने स्थितिबाट अहिले ७०० मेगावट बढि निर्यात गर्ने अवस्थामा पुगेका छौं'

'१८ घण्टासम्मको लोडसेडिङ हुने स्थितिबाट अहिले ७०० मेगावट बढि निर्यात गर्ने अवस्थामा पुगेका छौं'

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन्। 

नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताए। 

उनले  भने, ‘आठ वर्षअघि वर्षायाममा समेत दैनिक आठ/नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनु परेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ। हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सातसय मेगावट भन्दा बढि निर्यात गर्ने अवस्थामा पुगेका छौं। २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौं।’

उनले प्राविधिक कारणले केहीछिन विद्युत अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे। 

वर्षायाममा विद्युत भारत निर्यात गरि विदेशी मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको उनको दाबी छ। 

साउन ३२, २०८१ शनिबार १४:५२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।