चीनमा बढ्यो युवा बेरोजगारी दर

चीनमा बढ्यो युवा बेरोजगारी दर

बेइजिङ : चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ। जुन यस वर्षकै सबैभन्दा उच्च हो।   

राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरूको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत छ।

चीनमा २५–२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको एनबीएसले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। 

यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई 'शीर्ष प्राथमिकता' राखेर अगाडि बढ्नुपर्ने बताए। 

जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ।  

साउन ३२, २०८१ शनिबार १४:३०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।