टर्कीको संसद् भवनमा सांसदहरूबीच कुटाकुट

टर्कीको संसद् भवनमा सांसदहरूबीच कुटाकुट

एजेन्सी : टर्कीको संसदमा सांसदहरूबीच झडप भएको छ।

शुक्रबार दिउँसो ३० मिनेटसम्म सांसदहरूले एक-अर्कालाई लात र मुक्का प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

झडपका क्रममा तीन विपक्षी सांसद घाइते भएका छन्। भिडियो फुटेजमा सभामुखको पोडियमको पाइलामा रगत पनि देखाएको छ।

एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति एर्दोगानको जस्टिस एन्ड डेभलपमेन्ट पार्टीलाई ‘आतंकवादी संगठन’ भनेपछि उक्त पार्टीका नेताले विपक्षी नेता अहमद सिकमाथि आक्रमण गरेका थिए।

त्यसपछि सुरु भएको झगडाका कारण संसद भवन रणभूमिमा परिणत भएको थियो। सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गर्न थाले। यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

साउन ३२, २०८१ शनिबार १३:३५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।