डा. नवराजको उपचार अनुभव : नवौं बच्चा गर्भमै तुहिएर मृत्युको मुखमा पुगेकी ३७ वर्षीया महिलालाई बचाएको त्यो रात...

डा. नवराजको उपचार अनुभव : नवौं बच्चा गर्भमै तुहिएर मृत्युको मुखमा पुगेकी ३७ वर्षीया महिलालाई बचाएको त्यो रात...

डा. नवराज जोशी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। बझाङमा जन्मिएका उनले छात्रवृति कोटामा डाक्टरी विषय अध्ययन गर्ने अवसर पाए। हाल उनी बझाङ जिल्ला अस्पतालमा अस्पताल प्रमुखको जिम्मेवारीमा कार्यरत छन्।

चिकित्सकीय पेशाको अधिकांश समय उपत्यका बाहिर र दुर्गमका जिल्लामा नै बिताएका उनले मृत्युको मुखमा पुगेका कयौं बिरामीलाई बचाएका छन्।

दुर्गमका जिल्लामा बिरामीले कति सास्ती र पीडा भोग्नुपर्छ भन्ने विषय उनले नजिकबाट नियालेका छन्। उनै डा. नवराजले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटे।

नवौं बच्चा गर्भमै तुहिएकी ३७ वर्षीया महिलालाई बचाएको त्यो रात
सामान्य अवस्थामा सुत्केरी हुन नसकेपछि करिब ३७ वर्षकी महिलालाई राती करिब नौ बजेतिर डडेल्धुरा अस्पताल पुर्याइयो। ती महिलाले आठवटा बच्चालाई जन्मदिइसकेकी रहिछन्। उनको त्यो नवौं गर्भ रहेछ।

नवौं सन्तानलाई जन्म दिने चाहनासहित अस्पताल आएकी उनी सुत्केरी हुन सकिनन्। डा. नवराजले महिलाको स्वास्थ्य अवस्था हेर्दा जटिल बनिसकेको थियो। पाठेघर नै फुटेकै कारण उनले सन्ता जन्माउन सकिरहेकी थिइनन्। गर्भको बच्चाको मृत्यु नै भइसकेको थियो।

पाठेघर फुटेर शरीरभित्र अत्यधिक रक्तश्राव भई ती महिलाको अवस्था एकदमै नाजुक बनिसकेको थियो। तुरुन्तै शल्यक्रिया गरी गर्भको बच्चा ननिकाले ज्यानै जाने जोखिम थियो। डडेल्धुरा अस्पतालमा सीमित स्रोत साधनका कारण शल्यक्रिया गर्न पनि जोखिम थियो। तर, अन्यत्र रिफर गर्न न समय थियो, न सम्भव नै!

गर्भमा नै बच्चाको मृत्यु भएकी ती ३७ वर्षे महिलाको शल्यक्रिया गरी ज्यान बचाउन सकेको त्यो क्षण सम्झँदा अझै डा. नवराजलाई आनन्द लाग्छ। यसरी गर्भवती भएर स्वास्थ्य जटिलता निम्तिएका कयौं महिलालाई बचाएको उनी सम्झन्छन्।

जोखिम मोलेरै डा. नवराजको टिमले ती गर्भवती महिलाको शल्यक्रिया गरी मृत भएको गर्भको बच्चा निकाल्ने निर्णय गर्यो। चिकित्सकको टिमले ती गर्भवती महिलामा भएको स्वास्थ्य समस्या र शल्यक्रिया गर्दा निम्तन सक्ने जोखिमका बारेमा परिवार र आफन्तलाई राम्रोसँग सम्झायो। त्यसपछि ती महिलाका परिवार तथा आफन्तले जे-जसरी सकिन्छ, त्यसैगरी त्यहिँ उपचार गर्ने विषयमा सहमत भए।

त्यसपछि डा. नवराजको टिमले तुरुन्तै ती महिला शल्यक्रियाको प्रक्रिया थाल्यो। त्यहाँ शल्यक्रिया गरिनुपर्ने बिरामीलाई बेहोस बनाएर ब्यूँत्याउने एनेस्थेसियोलोजिष्ट चिकित्सक थिएन। त्यसैले अन्य चिकित्सकले नै ती महिलालाई ढाडमा एनेस्थेसियाको सुई दिएर ढाडभन्दा तलको भाग लठ्याएर बेहोस बनाइयो। अनि शल्यक्रिया गरियो।

डा. नवराजको टिमले महिलाको गर्भमा मृत्यु भएको बच्चा शल्यक्रिया गरी निकाल्यो। पाठेघर नै च्यातिएर छियाछिया बनेकाले पाठेघर पनि निकाल्यो। ती महिलालाई चार पोका रगत दिइयो। करिब दुई घण्टाको अथक मेहनतपछि चिकित्सकको टिम ती महिलाको शल्यक्रिया गर्न सफल भयो। शल्यक्रिया लगायतको सबै उपचार गर्दा रातीको करिब दुई बजिसकेको थियो।

ती महिलाको गर्भको बच्चालाई त बचाउन सम्भव थिएन। तर, धन्य। चिकित्सकको टिम ती महिलालाई भने बचाउन सफल भयो। ती महिलाको ज्यान बचाउन सफल भएपछि डा. नवराज विहानको तीन बजे अस्पतालबाट सुत्न गए।

करिब एक हप्ताको औषधि उपचारपछि ती महिलालाई अस्पतालबाट डिस्चार्ज गरेर घर पठाइयो। गर्भमा नै बच्चाको मृत्यु भएकी ती ३७ वर्षे महिलाको शल्यक्रिया गरी ज्यान बचाउन सकेको त्यो क्षण सम्झँदा अझै डा. नवराजलाई आनन्द लाग्छ। यसरी गर्भवती भएर स्वास्थ्य जटिलता निम्तिएका कयौं महिलालाई बचाएको उनी सम्झन्छन्।

अस्पताल पुगेकै मध्यरातमा गर्भवतीको शल्यक्रिया गर्दा...
डा. नवराज शल्यक्रिया गरी अर्की एक जना करिब २६ वर्षकी गर्भवती महिलालाई बचाएको प्रसङ्ग पनि कहिल्यै भुल्दैनन्। प्रसङ्ग करिब आठ वर्षअघिको हो।

उनी प्रसूति तथा स्त्रीरोग विषयमा एमडी तहको अध्ययन सकेर सरकारी जागिर भएपछि तत्कालीन उपक्षेत्रीय अस्पताल डडेल्धुरामा काम गर्न पुगे। उनी सरकारी जागिरे भएर बेलुका करिब आठ बजे डडेल्धुरा अस्पताल पुगेका थिए। डा. नवराजले थाहा पाए अनुसार उनी नै त्यो अस्पतालमा पुग्ने पहिलो प्रसूति तथा स्त्रीरोग विशेषज्ञ थिए। 

तर, पहिलो पोष्टिङ भएर डडेल्धुरा पुगेको दिन उनी अस्पतालकै क्वाटरमा बास बसेका थिए। अस्पतालमा उनी हाजिर भएकै थिएनन्। डा. नवराज खानपान गरेर अस्पतालको क्वाटरमा सुतिरहेका थिए। उनको मोबाइलमा राती १२ बजेतिर एउटा फोन आयो। उनले फोन उठाए।

डडेल्धुरामा नै काम गर्दा करिब २६ वर्षकी वर्षकी महिलालाई अस्पताल पुर्याइएको थियो। ती महिलाको गर्भमा बच्चा खेल्ने पानीको फोका फुट्दा सो पानी फोक्सोमा गएको थियो। जसकारण श्वासप्रश्वासमा समस्या भएको थियो भने अत्याधिक रक्तश्राव पनि भएको थियो।

उनलाई तत्कालीन डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षले उपचारका लागि बिरामी आएकोबारे खबर गर्दै फोन गरेका थिए। अस्पताल विकास समितिका अध्यक्षले फोन गरेपछि डा. नवराज राती नै अस्पताल पुगे।

सामान्य रूपमा सुत्केरी हुन नसकेपछि एक जना महिलालाई डडेल्धुरा अस्पताल पुर्याइएको रहेछ। डा. नवराजले ती महिलाको स्वास्थ्य अवस्था हेर्दा सुत्केरी हुन नसकेर स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको थियो। ती महिला पहिलो पटक गर्भवती भएकी थिइन्। ती महिलाको गर्भमा बच्चा उल्टो बसेको थियो।

तुरुन्तै शल्यक्रिया गरी गर्भको बच्चा ननिकाल्ने हो भने महिलाको ज्यानै जाने जोखिम थियो। त्यसैले डा. नवराजले ती गर्भवतीको शल्यक्रिया गरी बच्चा निकाले। गर्भमा बच्चा उल्टो बसेको थियो। त्यसैले कत्ति पनि ढिला नगरी चिकित्सकको टिमले एनेस्थेसियाको दियो। अनि डा. नवराजको टिमले शल्यक्रिया गरी ती महिलाको गर्भमा उल्टो रूपमा बसेको बच्चा निकाल्यो। शल्यक्रिया सफल भयो।

चिकित्सकको टिम आमा र बच्चा दुवैको ज्यान बचाउन सफल भयो। शल्यक्रिया सफल भएपछि थकित भएका डा. नवराज बिहानको राति अस्पतालको क्वाटरमा गएर सुते। शल्यक्रिया गरेको करिब पाँच दिनमा ती महिला आफ्नो शिशु च्यापेर अस्पतालबाट डिस्चार्ज भएर घर फर्किइन्।

अस्पताल पुगेको पहिलो दिन नै ती गर्भवती महिला र ती महिलाको गर्भको बच्चालाई बचाउन सफल भएको त्यो समय सम्झँदा डा. नवराजलाई अझै आनन्द लाग्छ। त्यो दिन उनी त्यहाँ नभएको भए ती महिलाको ज्यान के हुन्थ्यो होला! भन्ने उनलाई अझै बेलाबेलामा मनमा खुलदुली भएरहन्छ।

२६ वर्षीया महिलालाई बचाउन नसकेको त्यो घटना 
चिकित्सकले उपचार गरेकामध्ये सबै बिरामीलाई बचाउन सम्भव नहुन सक्छ। कहिलेकाहीँ अथक उपचार प्रयास गर्दा समेत बिरामीको मृत्यु हुन सक्छ। बिरामीलाई बचाउन सम्भव नभएको यस्तै एउटा घटना सम्झिए डा. नवराजले।

उनी डडेल्धुरामा नै काम गर्दा करिब २६ वर्षकी वर्षकी महिलालाई अस्पताल पुर्याइएको थियो। ती महिलाको गर्भमा बच्चा खेल्ने पानीको फोका फुट्दा सो पानी फोक्सोमा गएको थियो। जसकारण श्वासप्रश्वासमा समस्या भएको थियो भने अत्याधिक रक्तश्राव पनि भएको थियो।

यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘एम्नियोटिक फ्ल्युड इम्बोलिज्म’ भनिन्छ। जसले गर्दा ती महिलालाई बचाउन कठिन भइसकेको थियो।

अस्पताल पुर्याइएकी महिलालाई डा. नवराजको टिमले उपचार थाल्यो। ती महिलाको रक्तश्राव रोक्न धेरै रगत दिनुपरेको थियो। दुर्भाग्य, ती महिलालाई अथक उपचार प्रयास गर्दा समेत बचाउन सम्भव भएन।

उपचारकै क्रममा उनले प्राण त्यागिन्। ती महिलाको मृत्युको त्यो घटना सम्झँदा भने डा. नवराजको मन अझ भारी हुन्छ।

बझाङमा जन्म, काठमाडौंमा एमबीबीएस
डा. नवराज २०४१ मा बझाङको जय पृथ्वी नगरपालिका-४ मा जन्मिएका हुन्। उनले स्थानीय बालविकास निवामिमा ६ कक्षासम्म पढे। त्यसपछि स्थानीय सत्यवादी माविमा कक्षा-७ मा भर्ना भएर पढ्न थाले।

नवराजले सत्यवादी माविबाटै २०५७ मा एसएलसी गरे। उनका बुवा कृषि कार्यालयमा प्राविधिकतर्फ सरकारी जागिरे भएर काम गर्थे। त्यसैले उनलाई पारिवारिक रूपमा पढ्लेखका लागि प्रोत्साहन हुने नै भयो।

एसएलसीपछि नवराज आइएस्सी अध्ययनका लागि काठमाडौं आए। काठमाडौं आउनुअघि उनले गाडी देखेका थिएनन्। काठमाडौं आउँदा नै उनले पहिलोपटक गाडी देखेका हुन्।

नवराज काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा आइएस्सी अध्ययनका लागि भर्ना भए। सरकारी विद्यालयमा पढेका उनलाई सुरुमा आइएस्सी पढ्दा अंग्रेजी भाषा पनि कठिन लाग्थ्यो। तर, उनले मेहनत गरे। राम्रो अंकका साथ आइएस्सी पास गरे।

सुरुमा त काठमाडौंको रहनसहनमा बानी पर्न पनि उनलाई अप्ठेरो परिरहेको थियो। तर, बिस्तारै बानी पर्दै गयो। नवराजलाई डाक्टर बन्ने बडो रहर थियो। त्यसैले आइएस्सीपछि एमबीबीएस अध्यययनको लागि छनोट परीक्षाको तयारी गरे।

नवराज एमबीबीए अध्ययनका लागि छनोट भएर सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सन् २००४ मा भर्ना भए। सन् २०१० मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

एमबीबीएपछि डा. नवराजले नेपाली सेनामा लफ्टिनेन्ट (मेडिकल अधिकृत)चिकित्सकका रूपमा स्थायी जागिर शुरू गरे।

तर, उनले नेपाली सेनाको स्थायी जागिर छोडेर ‘फ्यामिलि प्लानिङ एशोसियन अफ नेपाल’ नामक एनजीओमा कन्चनपुर शाखामा गएर काम गर्न थाले। त्यहाँ उनले करिब एक वर्ष काम गरे। त्यसपछि धनगढीको एउटा निजी अस्पतालमा उनले करिब डेढ वर्ष काम गरे। एमबीबीएसपछि उनले विभिन्न ठाउँमा करिब तीन वर्ष काम गरिसके।

एकैचोटी सरकारी जागिर र एमडी पास
डा. नवराजलाई थप अध्ययन त गर्नु छँदै थियो। उनले सरकारी जागिरका लागि लोकसेवाको परीक्षा दिए। अर्कातर्फ एमडी अध्ययनका लागि छनोट परीक्षा पनि दिए। उनी एकैचोटी सरकारी स्थायी जागिरका लागि र एमडी अध्ययनका लागि छनोट भए।

कोरोना भाइरस संक्रमणको समयमा २०७७ मा स्वास्थ्य मन्त्रालयमा ‘एचइओसी’मा काम गर्न आए। कोरोनाले अत्याएको त्यो समयमा मन्त्रालयको एचइओसीमा कल सेन्टरमा समन्वय लगायतको भूमिकामा २०७८ असारसम्म करिब डेढ वर्ष उनले काम गरे।

तर, नवराजको पहिलो प्राथमिकतामा सरकारी जागिर भन्दा एमडी अध्ययन नै पर्यो। उनले एमडी अध्ययनकै बाटो रोजे। डा. नवराज सरकारी जागिर खान छोडेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सन् २०१३ मा स्नातकोत्तर तहको प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययन गर्न थाले। सन् २०१६ मा उनको एमडी अध्ययन पूरा भयो।

रमाइलो पक्ष त उनी एमडी तेस्रो वर्षमा अध्ययन गर्दा पुनः सरकारी जागिरका लागि लोकेसेवा परीक्षा दिए। उनको दुवै सफलता मिल्यो। डा. नवराजले एमडी पनि पास गरे, लोकसेवामार्फत सरकारी स्थायी चिकित्सकका रूपमा (२०७३ मा) जागिरे पनि भए। उनको दुवै हातमा लड्नु मिल्यो।

सरकारी जागिरे भएपछि डा. नवराज तत्कालिन डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा काम गर्न पुगे। हाल सो अस्पताल सुदुरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्ला अस्पताल भएको छ। डडेल्धुरा पुगेपछि उनले त्यहाँ प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा करिब चार वर्ष काम गरे।

उनले त्यहाँ रोकिएको सिजरियन सेक्शन (सिएस) शुरू गरे। यो बच्चा जन्माउन नसकेर समस्या भएका महिलाको शल्यक्रिया गरी बच्चा जन्माउने विधि हो।

मन्त्रालय र बझाङको अनुभव
डा. नवराजलाई जनस्वास्थ्य (जनस्वास्थ्य) विषय अध्ययन गर्न मन लागिरहेको थियो। त्यसैले डडेल्धुरा अस्पतालपछि डा. नवराज ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २०२० मा जनस्वास्थ्य (एमपीएच/मास्टर्स इन पब्लिक हेल्थ) विषय अध्ययन गर्न थाले।

सन् २०२२ मा उनले दुई वर्षे जनस्वास्थ्य विषयको अध्ययन सके। जनस्वास्थ्यको समेत ज्ञान चाहिने महसुसस गरेकैले उनले एमपीएच अध्ययन गरे। एमबीबीएस, एमडी र एमपीएच छात्रवृति कोटामा नै अध्ययन गरेको डा. नवराजले सुनाए।

एमपीएसच अध्ययन गरेसँगै डा. नवराज संघतर्फको कर्मचारीका रूपमा कर्मचारी समायोजनमा परे। त्यसपछि उनी कोरोना भाइरस संक्रमणको समयमा २०७७ मा स्वास्थ्य मन्त्रालयमा ‘एचइओसी’मा काम गर्न आए। कोरोनाले अत्याएको त्यो समयमा मन्त्रालयको एचइओसीमा कल सेन्टरमा समन्वय लगायतको भूमिकामा २०७८ असारसम्म करिब डेढ वर्ष उनले काम गरे।

दुर्गमका अस्पतालमा स्वास्थ्य अवस्था जटिल भइसकेका बिरामी आउने भएकाले उपचारमा निक्कै चुनौती हुने गरेको उनको अनुभव छ। यद्यपि चुनौतीका बावजुद पनि जटिल किसिमका शल्यक्रिया समेत भइरहेको उनले सुनाए।

मन्त्रालयको अनुभवपछि डा. नवराजलाई आफ्नै गृह जिल्ला बझाङ पुगेर काम गर्ने इच्छा भयो। त्यसैले उनी तीन वर्ष अघि बझाङ जिल्ला अस्पताल पुगेर काम गर्न थाले। त्यही बीचमा उनलाई काज फिर्ता गरेर पुनः स्वास्थ्य मन्त्रालय नै ल्याइयो।

स्वास्थ्य मन्त्रालयमा करिब पाँच महिना काम गरेपछि उनी फर्केर पुनः बझाङ जिल्ला अस्पताल नै पुगे। डा. नवराज हाल बझाङ जिल्ला अस्पतालमा प्रमुखको भूमिकामा काम गरिरहेका छन्। दरबन्दी नै नखुल्दा हालसम्म आठौं तहमा नै रहेको उनले सुनाए।

दुई जना विशेषज्ञ र आठ जना मेडिकल अधिकृत चिकित्सक लगायतको टिम बझाङ जिल्ला अस्पतालमा रहेर प्रसूति तथा स्त्रीरोगलगायत विशेषज्ञ सेवा समेत दिइरहेको उनले सुनाए।

दुर्गमका अस्पतालमा स्वास्थ्य अवस्था जटिल भइसकेका बिरामी आउने भएकाले उपचारमा निक्कै चुनौती हुने गरेको उनको अनुभव छ। यद्यपि चुनौतीका बावजुद पनि जटिल किसिमका शल्यक्रिया समेत भइरहेको उनले सुनाए। टिमसँगको समन्वय लगायतको कारण उपचार सेवा विस्तार हुँदै गएको उनको अनुभव छ।

चित्सकहरूलाई उचित सेवा सुविधाको व्यवस्थापन गरिदिएको खण्डमा दुर्गममा पनि गएर काम गर्ने देखिएको उनले अनुभव सुनाए। आर्थिक मात्रै हैन गैर आर्थिक सम्मान पनि महत्वपूर्ण हुने उनले सुनाए।

डा. नवराज मेसिन, उपकरणको थप्ने भन्दा पनि सरकारको प्राथमिकता स्वास्थ्य क्षेत्रको जनशक्ति बढाउन हुनुपर्ने बताउँछन्। त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई पनि व्यवस्थित बनाउनुपर्नेमा उनको जोड छ।

साउन ३२, २०८१ शनिबार १२:४७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।