१९ वर्षमुनिको विश्वकप छनोटका खेलहरू नेपालमा हुने
काठमाडौं : जिम्बावे र नामिबियामा २०२६ मा हुने १९ वर्षमुनिको विश्वकपको छनोटका खेलहरु नेपालमा हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सामजिक सञ्जालमार्फत १९ वर्षमुनिको एसियाको छनोट चरणका खेलहरू नेपालले आयोजना गर्ने जानकारी गराएको हो।
छनोट चरणका प्रतियोगितामा सन् २०२५ को अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुनेछ।
आयोजक नेपालसहित, अफगानिस्तान, युएई, ओमान र हङकङ गरी पाँच टोली सहभागी हुने प्रतियोगिताको विजेता टोलीले मात्र विश्वकप खेल्न पाउनेछ।
१९ वर्षमुनिको विश्वकपमा १६ देश सहभागी हुँदैछन्। ११ वटा देश सिधै छनोट भएका छन् भने पाँच देशहरुले क्षेत्री छनोट प्रतियोगिता खेलेर आउनुपर्नेछ।
अफ्रिका, अमेरिका, एसिया, इस्ट एसिया प्यासिफिक र युरोप गरी पाँच क्षेत्रका विजेताले विश्वकप खेल्नेछन्।
साउन ३२, २०८१ शनिबार १०:४९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।