डुबेर दुई बालिकाको मृत्यु

डुबेर दुई बालिकाको मृत्यु

जनकपुर : धनुषाको मिथिला विहारी नगरपालिका-९ स्थित जलाद खोलामा डुबेर स्थानीय नौ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका-३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको छ।

आज दिउँसो नुहाउन गएकी दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि स्थानीयले निकालेका थिए।

दुवै जनाको घटनास्थलमै मृत्यु भइसकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साउन ३२, २०८१ शनिबार ०७:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।