पशुपति कोटीहोमका आयोजक विजयलाई समात्न जाँदा झडप, प्रहरी घाइते

पशुपति कोटीहोमका आयोजक विजयलाई समात्न जाँदा झडप, प्रहरी घाइते

काठमाडौँ : मानव सेवा फाउन्डेसनका संस्थापक अध्यक्ष विजय भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको छ। ठगी लगायतका घटनामा अनुसन्धानको दायरामा रहेका भण्डारीलाई कोटीहोमको सकिएपछि प्रहरी पक्राउ गर्न गएको थियो।

पक्राउ गर्न गएको टोलीमाथि कोटीहोमको आयोजकहरूले आक्रमण गर्दा एक जना प्रहरी घाइते भएका छन्। विजय ‘विष्णु प्रपन्नाचार्य’ र ‘बाल योगेश्वर महाराज’ का नामले चिनिने भण्डारीलाई प्रहरीले पक्राउको प्रयास गरेको थियो। तर प्रहरीले उनलाई पक्राउ गर्न सकेन।

धर्मको आडमा आपराधिक गतिविधिमा संलग्न देखिएका उनी अहिले ‘बाल योगेश्वर विजय कृष्णमूर्ती जी महाराज’ का नाममा पशुपतिमा कोटीहोमको आयोजना गरेका थिए।

एक महिना अगाडिबाट चलेको कोटीहोम शुक्रवार समापन भएको थियो। समापन लगत्तै प्रहरीले केही सोधपुछ छ भनेर उनलाई लैजाने प्रयास गरेको थियो तर सकेन। उनी अहिले आफ्ना समर्थकहरूको घेरामा बसेर अब सरकारविरुद्ध आन्दोलन गर्ने दाबी गरिरहेका छन्।

उनले आफूलाई सादा पोसाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा हाल्ने प्रयास गरेको दाबी गरेका थिए।

साउन ३१, २०८१ शुक्रबार २३:१३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।