विश्वका पाँच घटना, पाँच तस्बिरमा

विश्वका पाँच घटना, पाँच तस्बिरमा
जागरूक समाज : गत हप्ता भारत कोलकाताको एक सरकारी अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या भएको विरोधमा डाक्टर र प्यारामेडिकहरू नयाँ दिल्लीमा भारतीय स्वास्थ्य मन्त्रीको कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै।

भारतको कोलकाताको एक सरकारी अस्पतालमा गत साता एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भयो। अहिले सो घटनाले भारतीय समाज आन्दोलित भएको छ। संलग्नमाथि कारबाहीको माग गर्दै विरोधमा शुक्रबार भारतीय डाक्टर र प्यारामेडिक्हसरू नयाँ दिल्लीमा भारतीय स्वास्थ्य मन्त्रीको कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन गरेका थिए। योसँगै शुक्रबारका अन्य पाँच घटनाका पाँच तस्बिर :

युवालाई जिम्मेवारी : थाइल्यान्डकी नयाँ प्रधानमन्त्री पेटोङटर्न शिनावत्र (बिचमा दायाँ), जसलाई उनको उपनाम "उङ इङ" ले चिनिन्छ। उनी पूर्व प्रधानमन्त्री थाक्सिन शिनावत्रकी छोरी हुन्। उनी शुक्रबार एक पत्रकार सम्मेलनका क्रममा फ्यू थाई पार्टीका सदस्यहरूलाई अभिवादन गर्दै।

कला : अगस्त १५, २०२४ मा फिनल्यान्डको हेलसिंकीको एक पार्कमा कलाकारहरू नृत्य गर्दै। सो कार्यक्रम अगस्त १५ मा हेलसिंकीमा आयोजना गरिएको थियो।

जनावर प्रेम : श्रीलङ्काको गल्गामुवामा रहेको एक वन्यजन्तु आरक्षणमा मानिसहरूले जङ्गली हात्तीहरूको तस्बिर खिच्दै।

मलाइकाको इसारा : अगस्ट १६, २०२४ मा मेलबर्नको पलाइस थिएटरमा आयोजित भारतीय फिल्म फेस्टिभल अफ मेलबर्न अवार्ड नाइटको रेड कार्पेटमा सहभागी भारतीय अभिनेत्री मलाइका अरोरा।

साउन ३१, २०८१ शुक्रबार २२:५२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।