सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने वनमन्त्रीको दाबी

सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने वनमन्त्रीको दाबी

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने दाबी गरेका छन्।

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा साथसाथै फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले  यसअघि नै आफ्नो मन्त्रालयलाई प्रयोग गर्न अयोग्य प्लास्टिकमुक्त बनाइसकेको दाबी गर्दै अब सबै मन्त्रालयमा यो अभियान पुर्याउने दाबी गरे।

उनले सिंहदरबारभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रतिबन्धमा कडाइ गरिने बताए। मन्त्री ठकुरीले वातावरणीय प्रदूषण र जलवायु प्रदूषण अहिले मुख्य समस्याका रूपमा रहेको बताए।

नेपालले अहिले वन क्षेत्र बढाएर करिब ४५ प्रतिशत पुर्याएको तथा स्वच्छ ऊर्जाको खपतका साथै बायोग्यास प्लान्टमा ध्यान दिइएको उनले बताए। वनमन्त्री शाहीले नेपालले जलवायु परिवर्तनलाई मुख्य प्राथमिकतामा राखेर नीतिगत सुधारको थालनी गरेको दाबी गरे।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय सङ्कटले पर्यावरण मात्रै नभई जीवनलाई नै खतरामा पुर्याएको बताइन्।

साउन ३१, २०८१ शुक्रबार २१:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।