अख्तियार आयुक्त अमात्यबाटै अख्तियारी दुरुपयोग, सार्वजनिक जग्गा मिच्दा पनि मौन आयोग र महानगर (भिडियो रिपोर्ट)

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त सुमित्रा अमात्यले ललितपुर-१० चाकुपाटस्थित अमात्य समुदायको कुल देवताको मन्दिर रहेको क्षेत्र(गुठी)को जग्गा मिचेकी छिन्। 

मन्दिरको जग्गामा पर्खाल लगाएको भन्दै ललितपुर महानगरपालिकाले भत्काइदियो पनि। मेयर चिरिबाबु महर्जनसहितको महानगरको टोली अतिक्रमित भूभागको भौतिक संरचना भत्काएको थियो। यो बिचमा अमात्यले चिरीबाबुलाई भ्रष्टाचारको उजुरी परेको भन्दै आयोगमा बयानमा लागि पत्र काटिन्। अनि मिचिएको भनिएकै ठाउँमा पुन पर्खाल लगाइन्। 

साउन ३१, २०८१ शुक्रबार १९:४७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।