हिम पहिरोले दूधकोसीमा बाँढी, थामे गाउँका घर बगायो

हिम पहिरोले दूधकोसीमा बाँढी, थामे गाउँका घर बगायो

काठमाडौँ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा गएको हिम पहिरोको कारण थामे गाउँ प्रभावित भएको छ। हिम पहिरोको कारण थामे गाउँमा आएको बाढीले केही घर समेत बगाएको छ।

दूधकोशी नदीमा आएको बाढीले केही घर र होस्टेल समेत बगाएको प्रहरीले जनाएको छ। थामेमा ४० घरको बस्ती छन् तर अहिले सबै घरमा परिवार भने नरहेको प्रहरीले जनाएको छ।

क्षति विवरण भने सङ्कलन गरिने क्रम जारी रहेकाले घटनाबारे विस्तृत विवरण  आउन बाँकी छ। हिम पहिरोको फुटेर बाढी आएको भनिएता पनि के कारण बाढी आयो भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन।

साउन ३१, २०८१ शुक्रबार १७:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।