सरकारकै प्रवक्ताले भने’ भ्रष्टाचार र बिचौलियाको बिगबिगी बढ्यो’

सरकारकै प्रवक्ताले भने’ भ्रष्टाचार र बिचौलियाको बिगबिगी बढ्यो’

काठमाडौँ : सरकारको प्रवक्ताले नै भ्रष्टाचार र बिचौलियाको बिगबिगी बढिरहेको बताएका छन्। प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सुशासनको अभावमा भ्रष्टाचार बढिरहेको बताएका हुन्।

शुक्रवार काठमाडौँमा राष्ट्रिय समाचार समितिको ‘रासस मिडिया सङ्ग्रहालय’ को सुरुवात गर्दै उनले भ्रष्टाचारहरू भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति रहेको बताए।

‘सुशासनको अभावका कारणले भनौँ अर्थात् ठिक ढङ्गले काम नसक्दा भ्रष्टाचार बढिरहेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको दायित्व हो। भ्रष्टाचारहरू भइरहने, बिचौलियाको बिगबिगी भइराख्ने जनताको चाहिँ आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति छ’ उनले भने।

बजेटको ३० प्रतिशत विकास बजेट छुट्टाए पनि १५ प्रतिशत मात्रै खर्च भएको भन्दै त्यसले देश बन्न नसक्ने बताए।

कार्यक्रममा उनले पत्रकारको काम सरकारको आलोचना मात्र गर्ने नभएर आलोचनासँगै सत्य तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न सुझाव दिएका थिए।

साउन ३१, २०८१ शुक्रबार १७:०६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।