पाकिस्तानमा मङ्किपक्सको पहिलो संक्रमण देखियो

पाकिस्तानमा मङ्किपक्सको पहिलो संक्रमण देखियो

एजेन्सी : पाकिस्तानमा संक्रामक रोग मङ्किपक्स (एमपक्स) संक्रमणको पहिलो केस देखिएको छ।

खाडीबाट फर्किएका खैबर-पख्तुनख्वाको मर्दान जिल्लाको एक व्यक्तिमा एमपक्स देखिएको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार संक्रमित व्यक्ति कसको सम्पर्कमा आएका थिए भन्ने यकिन भइरहेको र व्यक्तिको नमूना पनि लिने काम भइरहेको छ।

पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार एमपक्सका सन्दर्भमा एक एडभाइजरी जारी गर्दै एयरपोर्ट र त्यस्ता सबै ट्रान्जिट पोइन्टहरूमा कडा स्क्रीनिंग भइरहेको बताएको थियो।

यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन्।

यसअघि स्वीडेनमा एमपोक्सको पहिलो केस देखिएको थियो। स्वीडेनको एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ।

अफ्रिकाका केही भागहरूमा फैलिएको एमपक्स रोगका कारण विश्व स्वास्थ्य संगठनले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। डब्ल्यूएचओले पनि एमपक्स लाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा वर्णन गरेको छ।

साउन ३१, २०८१ शुक्रबार १४:१०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।