उपेन्द्र यादवको पार्टीले कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलन गर्ने, परिचालन समिति समेत गठन

उपेन्द्र यादवको पार्टीले कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलन गर्ने, परिचालन समिति समेत गठन

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गर्ने भएको छ।

त्यसका लागि पार्टीको केन्द्रीय समितिको बैठकले आन्दोलन परिचालन समिति समेत गठन गरेको हो।

पार्टीले कोशी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गर्ने समेत निर्णय गरेको छ।

जसका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा नौ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो।

समितिको सदस्यहरूमा पार्टीका केन्द्रीय सदस्यहरू राजकुमार राई, जयराम यादव, डा. केके राई, लाक्पा शेर्पा, मच्छिन्द्र बेघा, शशी लिङदेन, कुन्ता राई र पार्टीका कोसी प्रदेश समिति अध्यक्ष दीपक याक्खा रहेका छन्।

केन्द्रीय समितिको बैठकले पहिचानको आधारमा प्रदेशको नामकरणका लागि आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै संघर्ष समिति गठन गरेको हो।

साउन ३१, २०८१ शुक्रबार १३:५७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।