चिनावत बनिन् थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री

चिनावत बनिन् थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री

एजेन्सी : थाइल्याण्डको संसदले प्यातोङटार्न चिनावतलाई प्रधानमन्त्री पदमा निर्वाचित गरेको छ।

चिनावत पूर्व थाई नेता र अर्बपति ताक्सिनकी छोरी हुन्। ३७ वर्षीया चिनावत थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन्।

चिनावत देशकै दोस्रो महिला प्रधानमन्त्री पनि हुन्। आन्टी यिङलक थाइल्याण्डको प्रधानमन्त्री बन्ने देशको पहिलो महिला थिइन्।

संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रीता ताविसिनलाई बर्खास्त गरेको दुई दिनपछि चिनावत प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्।

पाइतोङटार्न चिनावत र पूर्व प्रधानमन्त्री श्रीथा ताविसिन दुवै फेउ थाई पार्टीका हुन्। सन् २०२३ को चुनावमा सिनावात्रा दोस्रो स्थानमा रहेकी थिइन्।

चिनावतको परिवारका चार सदस्य यसअघि थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन्। उनका बुवा ताक्सिन र काकी यिङलकसहित अन्य तीन प्रधानमन्त्रीले कू वा संवैधानिक निर्णयका कारण राजीनामा दिनुपरेको थियो।

साउन ३१, २०८१ शुक्रबार १३:३१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।