समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता
काठमाडौं : काठमाडौं महानगरपालिका–३१, बानेश्वर स्थित समाज डेन्टल हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौता भएको छ।
समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरूलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरूले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरूमा यो सेवा प्राप्त गर्न सक्नेछन्।
उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्री श्रेया पाण्डे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो।
साउन ३१, २०८१ शुक्रबार १३:११:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।