१६ र १९ वर्षीया दुई किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

१६ र १९ वर्षीया दुई किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

मोरङ : १६ र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका-४ बस्ने ३५ वर्षीय जोसन राई रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

राईले ती किशोरीहरूलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उजुरीपछि किशोरीहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पठाइएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन ३२, २०८१ शुक्रबार १२:४३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।