१३ बैंकले ब्याजदर घटाउँदा दुई वटाले मात्रै बढाए

१३ बैंकले ब्याजदर घटाउँदा दुई वटाले मात्रै बढाए

काठमाडौं : अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। बैंकहरूले भदौ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्।

औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर ६.५३ प्रतिशत कायम भएको छ। साउनमा यो दर ६.७४ प्रतिशत थियो।

यस आधारमा ब्याजदर भदौका लागि ०.२१ बिन्दुले घटेको हो। पछिल्लो समयमा बैंकहरूबीच ब्याजदर घटाउने प्रतिस्पर्धा नै चलेको छ।

भदौका लागि १३ बैंकको ब्याजदर घटेको छ भने ६ बैंकले साउनकैलाई निरन्तरता दिएका छन्। प्राइम बैंक र हिमालयन बैंकले भने बढाएका छन्।

ग्लोबल आईएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले अघिल्लो महिनाकैलाई निरन्तरता दिएका छन्।

बैंकहरूले प्रणालीमा धेरै पैसा भएपछि सस्तो ब्याजदरमा राष्ट्र बैंकमा राख्दै आएका छन्। जसले बैंकहरूको निक्षेपको लागत बढेको छ।

साउन ३१, २०८१ शुक्रबार ११:४७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।