अफ्रिका बाहिर भेटियो एमपक्सको पहिलो संक्रमित

एजेन्सी : स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले अफ्रिका बाहिर मन्किपक्स (एमपक्स)को पहिलो केस भेटिएको जनाएको छ।
स्वीडेनको एजेन्सीका अनुसार संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपक्स भएको थियो।
अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ।
संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रुपमा समेत व्याख्या गरेको छ।
स्वीडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले अन्य व्यक्तिमा संक्रमणको जोखिम नहोस् भनेर आफ्नो उपचार स्टकहोममा गराउन आग्रह गरेका थिए।
यसअघि डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए।
एमपक्स एक संक्रामक रोग हो। अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन्।
साउन ३२, २०८१ शुक्रबार ११:३६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।