नौ सयले घट्यो सुनको मूल्य

नौ सयले घट्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य नौ सय रुपैयाँले घटेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

उता चाँदीको मूल्य भने आज बढेको छ। बिहीबार १ हजार ७४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज तोलाको १ हजार ७६० रुपैयाँमा कारोबार भएको छ।

साउन ३१, २०८१ शुक्रबार १०:५३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।