नेपाल टेलिकमको सेवा आज राति चार घण्टा प्रभावित हुने

नेपाल टेलिकमको सेवा आज राति चार घण्टा प्रभावित हुने

काठमाडौं : नेपाल टेलिकमको सेवामा आज राति चार घण्टा प्रभावित हुने भएको छ।

टेलिकमले सार्वजनिक सूचना निकालेर ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नतिका लागि ३२ गते राति ११ बजेदेखि चार घण्टा काम हुने जनाएको छ।

टेलिकमका अनुसार उक्त अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछसम्बन्धी सेवा प्रभावित हुनेछ।

सेवा समस्यका लागि १४९८ र १९८ मा डायल गर्न आग्रह गर्दै टेलिकमले असुविधाप्रति क्षमा समेत मागेको छ।

साउन ३१, २०८१ शुक्रबार ०९:३७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।