काठमाडौंमा छ दिने ‘नाडा अटो शो २०२४’ हुँदै
काठमाडौं : दुई दशकभन्दा बढीको निरन्तरतालाई कायम राख्दै, नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्ष पनि नाडा अटो शो प्रस्तुत गर्दैछ।
शो अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी स्थलमा हुनेछ।
टाटा.ईभी मुख्य प्रायोजक, सर्भाे लुर्बिकेन्टस् र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा रहेको कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने आयोजकको अपेक्षा छ।
यस वर्षको प्रदर्शनीमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने नाडा अटो शो २०२४ का संयोजक अनुप कुमार बरालले जानकारी दिए।
उनका अनुसार यसका अलावा ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन्। शोमा ९५ प्रदर्शकहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।
साउन ३१, २०८१ शुक्रबार ०७:४०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।