डोटीमा बस दुर्घटना, १७ जना घाइते

डोटीमा बस दुर्घटना, १७ जना घाइते

डोटी : दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस शुक्रबार विहान दिपायल सिलगढी नगरपालिका-४ समूहगाड अन्तर्गत रेडियो नेपालको मोडमा बिहान ४ बजे बस दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।

साउन ३१, २०८१ शुक्रबार ०७:२६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।