युक्रेनी सैनिकद्वारा रुसको कुर्क्स क्षेत्रमा सैन्य प्रशासनिक कार्यालय स्थापना

युक्रेनी सैनिकद्वारा रुसको कुर्क्स क्षेत्रमा सैन्य प्रशासनिक कार्यालय स्थापना

एजेन्सी : युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ।

युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले यस बेसबाट रुसमाथि आक्रमण गर्न जारी राखेको बताएका हुन्। उनका अनुसार यो कार्यालयले शान्ति सुरक्षा कायम गर्न र जनताको तत्काल आवश्यकता पूरा गर्नेछ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा जनरल सिर्सकीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन्।

युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन्।

जनरल सिर्सकीका अनुसार युक्रेनी सैनिकहरू कुर्क्स क्षेत्रमा ३५ किलोमिटर प्रवेश गरेका छन्। तिनीहरूले ८२ बस्ती सहित एक हजार १५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेका छन्।

यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो। तर, युक्रेनले रुसको भूभाग कब्जा गर्न इच्छुक नभएको बताएको छ।

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता हेओरही टिखीले यो घुसपैठ शान्ति पुनर्स्थापना गर्न रसियालाई दबाब दिने प्रयासको एक हिस्सा भएको बताएका छन्।

साउन ३१, २०८१ शुक्रबार ०७:१७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।