प्रभु बैँकका ग्राहकले बुद्ध एयर चढ्दा ८% छुट पाउने
काठमाडौँ : प्रभु बैँक र बुद्ध एयरबीच कर्मचारी र बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थे हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८% छुट प्राप्त गर्न सक्ने छन्।
बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको हो।
साउन ३०, २०८१ बिहीबार २३:५२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।