घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। 

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रूपैयाँ, डिजेलको मूल्य प्रतिलिटर तीन रूपैयाँ र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँले घटाएको जनाएको छ। 

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ।

इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रूपैयाँले घटेर आएको छ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रूपैयाँ कायम भएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रूपैयाँ कायम भएको निगमले जनाएको छ। 

साउन ३०, २०८१ बिहीबार २१:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।