गठ्ठाघरमा ट्रकको चक्काले किचेर मृत्यु भएको स्कुटर चालकको साथबाट फेला पर्यो उत्तम कोइराला नाममा जारी लाइसेन्स*

गठ्ठाघरमा ट्रकको चक्काले किचेर मृत्यु भएको स्कुटर चालकको साथबाट फेला पर्यो उत्तम कोइराला नाममा जारी लाइसेन्स*

काठमाडौं : भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु हुने चालकको साथबाट प्रहरीले उत्तम कोइराला नाममा जारी सवारीचालक परिचय पत्र फेला पारेको छ। तर शवको पहिचान हुन सकेको छैन। 

ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकलाई टक्कर दिँदा स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए।

ट्रक चालक भने फरार भएका छन्। शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ। शरीर क्षतविक्षत भएको छ। 

तीव्र गतिको ट्रकले करिब एकसय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनास्थलमा झोला र किताब-कापी भेटिएका छन्।

घटनापश्चात घटनास्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए। उनीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना प्रहरी परिचालन गरिएको छ।  

*प्रहरीले दुर्घटनामा मारिएकी महिला र उनको नाम सुष्मा नेपाली भएको जानकारीका आधारमा समाचारमा नाम लेखिएकोमा बिहीबार बेलुका प्रहरीले अर्कै परिचय पत्र फेला परेको र मृतक महिला नभई पुरुष भएको जानकारी दिएकाले क्षमायाचनासहित समाचार सच्चाइएको छ।

सम्बन्धित समाचार :

साउन ३०, २०८१ बिहीबार १८:५९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।