जनार्दन शर्माले माओवादी फुटाउँदैछन् भन्ने प्रश्नमा प्रचण्डले के भने?

जनार्दन शर्माले माओवादी फुटाउँदैछन् भन्ने प्रश्नमा प्रचण्डले के भने?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछन् भन्ने हल्लामात्रै भएको दाबी गरेका छन्।

पार्टी कार्यालयमा जारी स्थायी कमिटी बैठकपछि संक्षिप्त कुरा गर्दै उनले केही समयदेखि माओवादी पार्टी फुट्छ भनेर गलत प्रचार गरिएको बताए।

उनले भने, 'पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ। प्रभाकरले पार्टी फुटाउँछन् भन्ने माहोल बनेको छ, त्यो गलत हो। नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो।'

उनले केपी ओली नेतृत्वको सरकारबारे सञ्चारकर्मीको प्रश्नमा भने, 'यो सरकारका बारेमा मैले संसद्मै बोल्ने तयारी गरेको छु।'

उनले टीआरसी पीडितमैत्री बनेको दाबी गरे। 

'पीडित साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु अब सबै मिलेर कार्यान्वयनमा लैजानुपर्छ। उनीहरूका लागि परिपूरण र सम्मान भएकाले कसैले पनि अन्यथा लिनुपर्ने छैन', प्रचण्डले भने। 

साउन ३०, २०८१ बिहीबार १८:२९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।