साफ यु-२० च्याम्पियनसिपका लागि माल्दिभ्सको टोली नेपाल आइपुग्यो, बंगलादेश शनिबार आउँदै

साफ यु-२० च्याम्पियनसिपका लागि माल्दिभ्सको टोली नेपाल आइपुग्यो, बंगलादेश शनिबार आउँदै

काठमाडौं : अखिल नेपाल फुटबल संघले अगष्ट १८ देखि २८ सम्म साफ यु-२० च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ। 

बिहीबार पत्रकार सम्मेलन गर्दै दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी गराए। 

प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–२० टोली प्रशिक्षक उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको छ। 

प्रतियोगिताको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरू दशरथ रंगशालामा हुनेछन्।

एन्फा कम्प्लेक्समा भएको खेलको टिकट दर तीनसय रूपैयाँ कायम गरिएको छ भने दशरथ रंगशालामा टिकट दर साधारण पारापिटतर्फ दुईसय र भीआइपी पारापिटतर्फ पाँचसय रूपैयाँ कायम गरिएको छ। 

प्रतियोगिताको लागि सहभागी राष्ट्रहरु मध्ये माल्दिभ्सको टोली आइसकेको छ भने श्रीलंका, भारत र भुटान भोली शुक्रबार आइपुग्नेछ। बंगलादेशको भने टोली शनिबार आइपुग्ने बताइएको छ। 

सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान, लगनखेल खेल मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताको अनुमानित बजेट ३ करोड १० लाख ५३ हजार ९ सय रहेको छ। 

साउन ३०, २०८१ बिहीबार १८:२०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।