गठ्ठाघर दुर्घटना : तीव्र गतिमा आएको ट्रकले १०० मिटर परसम्म स्कुटरलाई घिसार्दा चालकको शरीर क्षतविक्षत

गठ्ठाघर दुर्घटना : तीव्र गतिमा आएको ट्रकले १०० मिटर परसम्म स्कुटरलाई घिसार्दा चालकको शरीर क्षतविक्षत

काठमाडौं : भक्तपुरको गट्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक चालकको घटनास्थलमै मृत्यु भएको छ। 

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरस्थित गइरहेको ना६ख २१७३ नम्बरको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घटनास्थलमै मृत्यु भएको हो। 

तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ। 

घटनास्थलमा झोला र किताब-कापी भेटिएका छन्।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन्। 

स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

साउन ३०, २०८१ बिहीबार १८:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।