टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल

टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल

काठमाडौं : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) राष्ट्रिय सभामा टेबल भएको छ। 

बिहीबार बसेको बैठकमा प्रतिनिधि सभाले पारित गरेको उक्त विधेयक राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरे।  

विधेयक राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ। 

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानून बन्नेछ। 

साउन ३०, २०८१ बिहीबार १६:२०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।