संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसकी न्यौपाने निर्विरोध निर्वाचित

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसकी न्यौपाने निर्विरोध निर्वाचित

काठमाडौं : संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्। 

संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरे। 

ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेकी नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामना दिए। 

आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्ने कार्यक्रम छ।   

साउन ३०, २०८१ बिहीबार १६:१४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।