'भ्रष्टाचारको अनुसन्धानमा अहिले हदम्याद राखेर जान हुँदैन, आवश्यक परे छलफल गरौंला'

'भ्रष्टाचारको अनुसन्धानमा अहिले हदम्याद राखेर जान हुँदैन, आवश्यक परे छलफल गरौंला'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऎन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा हदम्याद नलाग्ने तर बिगो नरहेकोमा ५ बर्षभित्र अनुसन्धान सक्नुपर्ने भएर हदम्यादको प्रस्ताव आएको भएपनि तत्काल हदसम्म राख्न नसकिने बताए।

उनले भने, ‘हदम्यादबारे आवश्यक परे पछाडि छलफल गर्दै जाउँला। अहिले हदम्याद राखेर जान हुँदैन।’

थापाले सार्वजनिक पद धारणा गरेको व्यक्तिका विषयमा एकरूपता ल्याउनुपर्ने भन्दै जनप्रतिनिधि निलम्बन हुने अवस्थाका विषयमा प्रस्ट हुनुपर्नेमा जोड दिए। 

जिम्मा लिएको कतिपय काण्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टुंगो लगाउन नसकेकोले अख्तियारमाथिका आरोप र कामका बारेमा पनि छलफल गरिनुपर्ने उनको तर्क छ।  

साउन ३०, २०८१ बिहीबार १५:२०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।