नेप्सेले टेक्यो तीन हजार, कायम रहला दिनभर?
काठमाडौँ : घट्ने-बढ्ने गरिरहेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार तीन हजार टेक्यो। एक बजेसम्मको कारोबारमा नेप्से परिसूचक तीन हजारमा पुगेको हो। तर कारोबारको समय अझै दुई घण्टा बाँकी छ।
बिहान २९७९ बाट कारोबार सुरु भएकोमा २९७६ सम्म झरेको थियो। त्यसपछि उकालिएको सेयर बजार ३००९ सम्म पुगिसकेको छ। कारोबार रकम तीन हजार ९ पुगेको छ।
एक बजेसम्मको कारोबारमा एक सय ३८ कम्पनीको सेयर बढेको छ। एक सय एक कम्पनीको घटेको छ भने चार वटाको सेयर मूल्य परिवर्तन भएको छैन।
साउन ३१, २०८१ बिहीबार १३:२२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।