महामारीको रूपमा हैजा फैलनसक्ने भन्दै तोसिमा कार्कीद्वारा संसद्मा ध्यानाकर्षण प्रस्ताव दर्ता
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले संसद्मा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छन्।
बुधबार दिउँसो प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई भेटेर डा. कार्कीसहितका सांसद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादवको ध्यानाकर्षणका लागि प्रस्ताव दर्ता गराएका हुन्।
प्रस्तावमा हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा संघीय सरकारका स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउन समाभुखसमक्षमा आग्रह गरेकी छन्।
उक्त प्रस्वावको सम्बन्धमा रास्वपाका सांसद्हरू सोभिता गौतम, मनिष झा र सासंद डा. चन्दा कार्कीले स्पष्टिकरण समेत माग गरेका छन्।
डा. कार्कीको निर्वाचन क्षेत्र ललितपुरमा साउन महिनामा तीन दर्जनभन्दा बढी मानिसमा हैजा संक्रमण पुष्टि भइसकेको छ।
साउन ३१, २०८१ बिहीबार ११:३२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।