साउदीका खालिदले घटाए ५४६ केजी तौल, अहिले भए मात्र ६३ केजी

साउदीका खालिदले घटाए ५४६ केजी तौल, अहिले भए मात्र ६३ केजी

एजेन्सी : संसारकै सबैभन्दा बढी वजन भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले ५४६ केजी तौल घटाएका छन्।

साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाएका हुन्। उनको यो परिवर्तनले सबैलाई चकित पारेका छन्।

२०१३ मा खालिदको वजन ६१० केजी थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानबाट उठ्न सकेका थिएनन्। आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो।

खालिद साउदी अरबको जाजान सहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए।

राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए। यो टोलीले उनको उपचार र खानपानको ख्याल गर्यो।

त्यतिबेला खालिद आफ्नो ओछ्यानबाट उठ्न पनि सक्ने थिएनन्। त्यसैले उनलाई उनको घरबाट फोर्क-लिफ्ट क्रेन र विशेष फ्लीटमार्फत राजधानी रियादको किंग फहाद मेडिकल सिटीमा लगिएको थियो।

त्यहाँ उनको उपचार योजनामा फिजियोथेरापीका साथै निश्चित डाइट र व्यायाम समावेश थियो। यस क्रममा उनको ग्यास्ट्रिक बाइपास सर्जरी पनि गरिएको छ।

यो परिवर्तनको क्रममा, धेरै पटक उनको छाला हटाउने शल्यक्रिया गर्नुपरेको थियो। धेरै तौल घटाएपछि छाला शरीरको आकारमा आउन नसकेपछि अतिरिक्त छालालाई शल्यक्रिया मार्फत हटाइन्छ।

अहिले खालिदलाई स्माइलिङ म्यान भनेर चिनिन्छ। उनलाई यो उपनाम मेडिकल टोलीले दिएका हुन्।

२०१३ मा ६१० केजी रहेको खालिद फेब्रुअरी २०१६ मा उनी पहिलो पटक हिड्न सक्ने भए। त्यसपछि उनले आफ्नो भिडियो सामाजिक सञ्जालमा समेत शेयर गरे।

उनी अहिले ६३.५ केजी छन्।

 

साउन ३०, २०८१ बिहीबार ०८:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।