डाक्टर बलात्कार प्रकरण : चिकित्सकको आन्दोलनमा घुसपैठ, अज्ञात भीड अस्पताल प्रवेश गरी तोडफोड

डाक्टर बलात्कार प्रकरण : चिकित्सकको आन्दोलनमा घुसपैठ, अज्ञात भीड अस्पताल प्रवेश गरी तोडफोड

एजेन्सी : भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्याको घटनाको विरोधमा डाक्टरहरूले गरेको विरोध प्रदर्शनमा घुसपैठ भएको छ।

बिहीबार राति चिकित्सकहरूले प्रदर्शन गरिरहेको बेला अज्ञात समूहले अस्पताल परिसरमा प्रवेश गरी विरोध स्थल, सवारी साधन र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको थियो।

कोलकाताका पुलिस कमिश्नर विनीत कुमारले यी हिंसा र अहिलेसम्मको अवस्था गलत मिडिया अभियानका कारणा भएको बताए। यद्यपि भिड भने राति नै तितरबितर भएको थियो।

कोलकाता प्रहरीले हिंसाबारे के भन्यो ?
हिंसापछि सञ्चारमाध्यमसँग कुरा गर्दै कोलकाताका प्रहरी आयुक्त विनीत कुमारले दुर्भावनापूर्ण मिडिया क्याम्पेनका कारण यस्तो घटना भएको बताए।

उनले भने, ‘कोलकाता प्रहरीले के गरेन? कोलकाता प्रहरीले सबै गर्यो। हामीले परिवारलाई सान्त्वना दिन खोज्यौँ तर अफवाहहरू फैलिन थाले। म एकदम रिसाएको छु।’

पुलिस कमिश्नरले भने, ‘हामीले कुनै गल्ती गरेका छैनौँ तर यो मिडिया क्याम्पेनका कारण कोलकाता पुलिसले जनताको विश्वास गुमाएको छ। हामीले यो केसमा एक जना मात्र अभियुक्त छ भनेर कहिल्यै भनेनौँ। हामीले भनेका छौँ कि हामी वैज्ञानिकको लागि पर्खिरहेका छौँ। त्यो हो प्रमाण। यसका लागि समय लाग्छ।’

उनले अफवाहको आधारमा एक युवा पीजी विद्यार्थीलाई पक्राउ गर्न नसक्ने बताए। उनले यस विषयमा मिडियाबाट निकै दबाब रहेको बताए।

उनी भन्छन्, ‘हामीले जे गर्यौं त्यो एकदम सही थियो भन्नेमा मलाई कुनै शंका छैन। अहिले सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ। उनीहरूले निष्पक्ष छानबिन गर्नेछन्। हामी सीबीआईलाई पूर्ण सहयोग गर्नेछौँ।’

साउन ३०, २०८१ बिहीबार ०७:५६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।