बंगलादेशमा पूर्व कानूनमन्त्री र हसिनाका सल्लाहकार १० दिनको प्रहरी हिरासतमा

बंगलादेशमा पूर्व कानूनमन्त्री र हसिनाका सल्लाहकार १० दिनको प्रहरी हिरासतमा

एजेन्सी : बंगलादेशका पूर्व कानूनमन्त्री अनिसुल हक र पूर्व प्रधानमन्त्री शेख हसिनाका व्यक्तिगत उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिनको प्रहरी हिरासतमा पठाइएको छ।

ढाकाको न्यू मार्केट क्षेत्रका एक पसले शाहजहान अलीको हत्यामा संलग्न भएको अभियोगमा दुवैलाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेश गरिएको थियो।

त्यहाँबाट उनलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको थियो। प्रहरीले अदालतसँग १० दिनको म्याद मागेको थियो।

१६ जुलाईमा शाहजहान अलीकी आमा आयशा बेगमले यस विषयमा उजुरी दिएकी थिइन्।

साउन ३०, २०८१ बिहीबार ०७:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।