क्रिकेटर शकिब हसिनाको पार्टीका अपदस्थ सांसद थिए, अन्तरिम सरकारले पाकिस्तानमा खेल्न अनुमति दियो

क्रिकेटर शकिब हसिनाको पार्टीका अपदस्थ सांसद थिए, अन्तरिम सरकारले पाकिस्तानमा खेल्न अनुमति दियो

ढाका : बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ। 

बङ्गलादेशका पूर्वकप्तानसमेत रहेका शकिबले जनवरीमा कुनैपनि विरोधबिना सम्पन्न निर्वाचनपछि अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको सांसदका रूपमा पदभार ग्रहण गरेका थिए। 

विद्यार्थीहरूको नेतृत्वमा भएको राष्ट्रिय विद्रोहको नाटकीय निष्कर्षका रूपमा हसिनाले अचानक राजीनामा दिँदै हेलिकप्टरमार्फत भारत भागेसँगै संसद् भङ्ग भएपछि शकिबले सांसद पद गुमाएका थिए। 

ती विद्यार्थीहरूमध्येका २६ वर्षीय आसिफ महमुदले अन्तरिम सरकारमा वास्तविक खेलमन्त्री छन्। उनले नै हसिना र अवामी लिगसँगको सम्बन्धका बावजुद शकिबलाई टोलीमा रहन अनुमति दिए। 

हसिनालाई सत्ताबाट हटाउने र्यालीहरू आयोजना गर्ने स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका प्रमुख सदस्यमध्ये महमुद एक थिए। उनी र उनका साथी विद्यार्थी नेता नाहिद इस्लाम दुवै नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा हसिना भागेपछि पदभार ग्रहण गर्ने सल्लाहकार मन्त्रिपरिषदका सदस्य छन्। 

लाहोरको गद्दाफी क्रिकेट रङ्गशालामा बुधबार ३७ वर्षीय शकिबलाई प्रशिक्षण गर्दै गरेको देखिएको थियो। हसिनाको राजीनामापछि उनी देखिएका थिएनन्। उनी क्यानाडाबाट सिधै पाकिस्तानमा बङ्गलादेशी टोलीमा सामेल भए। 

उनले क्यानाडामा टि–२० प्रतियोगिता खेल्दै थिए।  

साउन ३०, २०८१ बुधबार २१:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।