खोलामा डुबेकी बालिकालाई बचाउन गएका ६० वर्षीय वृद्धको मृत्यु, बालिका पनि बाँचिनन्

खोलामा डुबेकी बालिकालाई बचाउन गएका ६० वर्षीय वृद्धको मृत्यु, बालिका पनि बाँचिनन्

काठमाडौं : सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ। 

बुधबार वडा नम्बर १ स्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो। घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा पसेका थिए। 

सोही क्रममा साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए। 

त्यस घटनामा सोही स्थानकी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता छिन्।

अर्की १५ वर्षीया पिङ्कीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी निरीक्षक सिंहले बताए। 

प्रहरीले बेपत्ताको खोजी कार्य गरिरहेको छ।   

साउन २९, २०८१ बुधबार १८:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।