ओलीप्रति प्रचण्डको व्यंग्य : ओलीजी जे बोल्नुहुन्छ ठ्याक्कै उल्टो बुझ्नुपर्ने अवस्था छ!

ओलीप्रति प्रचण्डको व्यंग्य : ओलीजी जे बोल्नुहुन्छ ठ्याक्कै उल्टो बुझ्नुपर्ने अवस्था छ!

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीको ठेगान नभएको भन्दै व्यंग्य गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले ओलीले जे बोले पनि त्यसको उल्टो बुझ्नुपर्ने अवस्था आएको बताए।

आफूअघि बोलेका प्रधानमन्त्री ओलीलाई संकेत गर्दै प्रचण्डले दुई दलीय प्रतिस्पर्धातिर जान खोजेको त होइन भन्ने आशंका गरे। 

‘प्रधानमन्त्रीजीले यहाँ दुई दलीय होइन बहुदलीय हो भन्नुभयो त्यही नै सावित होस्। तर, केदेखि तर्सेको के, केदेखि झस्किन्छ भने झैँ उहाँले ‘हुन्छ’ भन्दा ‘हुन्न’ बुझ्नुपर्ने ‘हुन्न’ भन्दा ‘हुन्छ’ बुझ्नुपर्ने स्थिति भएको हुनाले आशंका त कायम छ तर जे बोल्नुभएको छ सही कायम होस्,’ प्रचण्डले भने।

यसअघि संसदमा बोल्दै प्रधानमन्त्री ओलीले संघीयता र गणतन्त्रको मर्म विपरीत हुनेगरी संविधान संशोधन हुन नसक्ने बताएका थिए।

साउन २९, २०८१ बुधबार १५:४७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।